नेपाल ज्योति, भाद्र २ – झापामा मेचीनगर नगरपालिका–८ का ३५ वर्षीय सुन्दर किसानको हँसिया र रडको प्रयोग गरेर बीभत्स हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । हत्याका कारण जग्गाको विवादसहित व्यक्तिगत रिसिइवी ‘इगो’ भएको र आफन्तबाट नै हत्या भएको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ।
किसानको हत्या आरोपमा पक्राउ परेका स्थानीय ५६ वर्षीय रामजी किसान र ४८ वर्षीय सुपरसिंह किसान प्रहरीको नियन्त्रणमा रहेका छन् । पक्राउ परेका दुवै जना एकाघरका दाजुभाइ रहेका छन् । हत्या आरोपमा पक्राउ परेका रामजी र सुपरसिंह मृतकका ठुलाबाका छोराहरू रहेको बुझिएको छ ।