नेपाल ज्योति, भाद्र २ – नेपाली कांग्रेसका पूर्व उपसभापति बिमलेन्द्र निधिले राजनीतिक चिन्तक प्रदिप गिरी अद्भूत व्यक्तित्वका धनी भएको बताउएका छन्।
प्रदिप गिरी स्मृति आयोजक समितिले शनिबार पशुपति क्षेत्रमा आयोजना गरेको लोक एवम् लोकतन्त्र सेतु गाथा काठमाडौंदेखि काशीसम्म यात्राको शुभारम्भ गर्दै नेता निधिले स्वतन्त्रता प्रेमी गिरी समानताका पक्षपाती भएको भन्दै गिरीको स्मरण गरे ।
राजनीतिलाई सामाजिकीकरण गर्ने काम गिरीले नै गरेको उल्लेख गर्दै निधिले भारतका समाजवादीले समेत उहाँलाई राजनीतिक गुरु मान्ने गरेको बताए ।