भाद्र ४ गते सोमवार श्रावण शुक्ल पञ्चमीका दिन आज नेपालभर नाग पञ्चमी पर्व, व्रत तथा पुजा गरेर मनाइंदै

प्रकृतिको पुजा गर्ने सम्पुर्ण समुदाय बाट नागको पूजा गर्ने गरिन्छ

  • प्रकाशित मिति : August 21, 2023
  • - घनश्याम आचार्य

नेपाल ज्योति, भाद्र ४ –  २०८० भाद्र ४ गते सोमवार श्रावण शुक्ल पञ्चमीका दिन आज नेपालभर नाग पञ्चमी पर्व व्रत तथा पुजा गरेर मानाइएको छ ।

नागपञ्चमी श्रावण महिनामा शुक्ल पक्षको पञ्चमीका दिन मनाइन्छ। यस दिनमा प्रकृति पुजा गर्ने सम्पुर्ण समुदाय बाट नागको पूजा गर्ने गरिन्छ नागको पुजाको साथमा भुमे क्षेत्रपाल देवताको समेत पुजा गर्ने गरीन्छ ।

नागपञ्चमी एक श्रद्धा र विश्वासको पर्व हो यस दिन आठ प्रकारको अष्ट नाग को पुजा गर्ने गरीन्छ। यस दिनमा नागको साथै नाग धारण गर्ने भगवान भोलेनाथको पूजा आराधना पनि गरिन्छ।

ब्रह्मलोकेषु ये सर्पा शेषनाग पुरोगमा:।

नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीतो मम सवर्दा।१।

नाग पञ्चमीमा नाग देवताका निमित्त व्रत पनि लिने गरिन्छ । यस व्रतमा पूरै दिन निराहार बसेर सूर्यास्त भएपछि नाग देवताको पूजाका लागि खिर पकाएर त्यसलाई सर्वप्रथम प्रसादका रूपमा नाग देवताको मूर्ति अथवा शिव मन्दिरमा अर्पण गरी (भोग लगाई), प्रसादका रूपमा वितरण गर्ने र आफू स्वयंले समेत ग्रहण गर्नु पर्दछ।

व्रत अवधिभरि कुनै किसिमको भोजनका साथै समाप्तिमा समेत नुन खानु वा चिल्लो तथा तेल जन्य परिकारहरूको प्रयोग पनि वर्जित छ । साथै व्रतसँग सम्बन्धित सबै नियमको पालना गर्नुपर्दछ ।