नेपाल ज्योति, असोज २३ –
इजरेल र प्यालेस्टिनी लडाकु समूह हमासबीचको पछिल्लो लडाइँका क्रममा मुत्यु भएको नेपालीका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ ‘तत्काल राहत स्वरूप उपलब्ध गराउने’ निर्णय सरकारले गर्ने भएता पनि समयमा उद्धार गर्न नसकेको भनेर सरकाको सर्वत्र आलोचना हुनथालेको छ।
मृतकप्रति सम्मान जनाउन मङ्गलवार राष्ट्रिय शोक मनाउने निर्णय भए अनुसार राष्ट्रिय शोक मनाइएको छ ।
इजरेलमा रहेका र स्वदेश फर्कन चाहने नेपालीहरूका लागि आवश्यक प्रबन्ध मिलाएर नेपाल वायु सेवा निगम र हिमालयन एयरलाइन्सको जहाज चार्टर गरेर उनीहरूलाई ल्याउने प्रबन्ध मिलाउने निर्णय मन्त्रिपरिषद बैठकले गरेको हो।