श्रमबजारमा महिलाको योगदानबारे अध्ययन गर्ने महिला अर्थशास्त्रीलाई नोबेल पुरस्कार

अर्थशास्त्र तर्फ नोबेल पुरस्कार पाउने तेस्री महिला

  • प्रकाशित मिति : October 10, 2023
  • - बिभुषा सुबेदी
गोल्डिन

नेपाल ज्योति, असोज २३ – यो वर्ष अर्थशास्त्रतर्फ हार्भर्ड विश्वविद्यालयमा प्राध्यापन गर्ने ७७ वर्षिय क्लाउडिया गोल्डिनलाई श्रमबजारमा महिलाले पुर्‍याएको योगदानबारे विशिष्ट अध्ययन गरेकाले नोबेल पुरस्कार प्रदान गरिने भएको छ ।

गोल्डिनले महिलाको कमाइ र सयौँ वर्षदेखि श्रमबजारमा महिलाको सहभागिताबारे अनुसन्धान गर्दे आएकि छन्।

नोबेल पुरस्कार समितिका अनुसार उनको अनुसन्धानले परिवर्तनका कारणहरू तथा लैङ्गिक असमानताको मुख्य स्रोत पत्ता लगाएको छ।

अर्थशास्त्र तर्फ नोबेल पुरस्कार पाउने उनी तेस्री महिला हुन् ।