बागमती किनारमा युवकको शव फेला

  • प्रकाशित मिति : October 11, 2023
  • - बिभुषा सुबेदी

नेपाल ज्योति, असोज २४ – काठमाडौँको नयाँ बानेश्वर स्थित बागमती नदी किनारमा बुद्धनगर बस्ने २० वर्षीय विमल महराको शव भेटिएको छ। नदी किनारको झाडीमा मृत युबक शब फेला परेको हो ।

घटनास्थलमा प्रहरी वृत्त बानेश्वरको टोली पुगेर अनुसन्धान थालेको छ । घटनास्थलमा रगत र सिरिन्ज भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ।

प्रहरीका अनुसार मृतक लागु औषध प्रयोगकर्ता भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । उक्त घटनाबारे थप अनुसन्धान जारीरहेको बुझिएको छ ।